माओवादी भित्र आन्तरिक बिबाद वढने संकेत

काठमाडौं, असोज ९  सत्तारुढ एकीकृत माओवादी भित्र आन्तरिक बिबाद वढने संकेत देखिए पछि सवै जनवर्गिय संगठन ९जबस०को राष्ट्रिय सम्मेलन पार्टी महाधिवेसन अघि नगरिने निश्चित भएको छ। मंशिर महिना भित्र सबै जनबर्गिय सम्मेलन गर्ने पुर्वनिर्धारत कायक्रम अनुसार सम्मेलन सम्पन्न गर्ने योजना सार्वजनिक भएपनि गुटगत बिबाद बढने संकेत पाए पछि माओवादीले सम्मेलन रोक्ने भएको हो।

ुमहाधिवेसन अघि कुनै पनि जनवर्गिय संगठनको सम्मेलन सम्पन्न हुने छैनन्ु संगठन विभाग प्रमुख कृष्णवहादुर महाराले नागरिकसँगे भने, ुनयाँ नेतृत्व चयन, राजनीतिक सांगठानिक र आर्थिक प्रतिवेदन पेश नगर्ने शर्तमा प्रशिक्षणका लागि राष्ट्रिय भेला भने आयोजना हुन सक्नेछन्।ु उनका अनुसार जनवर्गिय संगठनको सम्मेलनका गतिविधिले महाधिवेसन प्रभावित हुने भएको भन्दै सो अघि सम्मेलन नै नगर्ने निर्णयमा माओवादी पुगेको हो।

अखिल नेपाल ट्रेड युनियन महासंघको पेशागत संगठन अखिल नेपाल होटल तथा रेष्टुरा मजदुर संघमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई विच चर्को बिबाद सतहमा आएपछि माओवादीले भदौं २९ गते सवै जनवर्गिय संगठनको सम्मेलन स्थगित गरेको थियो। ुसम्मेलनको अर्को मिति जनवर्गिय संगठनको फ्रयाक्सन इन्चार्ज र संवन्धित संगठनका पदाधिकारीसँग सल्लाह गरेको तोकिनेछु भनि प्रवक्ता अग्नि सापकोटाले सार्वजनिक गरेपनि अन्ततः माओवादी सवै जनवर्गिय संगठनको सम्मेलन महाधिवेसन अघि नगर्ने निष्कर्ष निकालेको हो।

अध्यक्ष दाहाल, उपाध्यक्षद्धय भट्टराई र नारायणकाजी श्रेष्ठ पक्ष विच महाहाधिवेसन आयोजक समितिमा मात्रै होइन, राज्य समिति र जिल्ला समिति निमार्णमा बिबाद भइरहेको रिर्पोटिङ केन्द्रमा आएपछि पदाधिकारीले सम्मेलन स्थगित गरेर जाने निष्कर्ष निकालेको एक केन्द्रिय नेताले बताए। ुपार्टी भित्र गुटहरु अझै पनि केन्द्र देखी जिल्ला समिति गठनमा पनि आ(आफ्ना इन्ट्रेष्ट बोकेर चलेको देखिएको छ,ु अध्यक्ष दाहाल निकट ती नेताले नागरिकसँग भने, ुजनवर्गिय संगठनमा देखिन सक्ने गुटगत भुमिकाले समग्र सम्मेलनलाई असर पार्ने भएका कारण सम्मेलन नगर्ने निष्कर्षमा पार्टी पुगेको हो।ु उनका अनुसार दाहाल(भट्टराई र श्रेष्ठका गुटका कारण अन्य संगठन निमार्णमा पनि क्रमशः असर देखिदै गएको छ।

जनवर्गिय संगठनका फ्रयाक्सन इन्चार्ज जनार्दन शर्माले महाधिवेसनसम्म जनवर्गिय संगठनका सम्मेलन स्थगित भए पनि पुर्वनिर्धारित ती सम्मेलनहरु महाधिवेसन सम्पन्न भए लगत्तै सुरु गरिने बताए। ुसम्मेलनमा आर्थिक, सांगाठानिक र जनशक्तिमा पनि असर पर्ने भएकाले पार्टी महाधिवेसन अघि सम्मेलन रोक्ने भनिएको हो तर महाधिवेसन सकिए लगत्तै सम्मेलन सुचारु हुनेछन्ु शर्माले नागरिकसँग भने। तर क्रान्तिकारी पत्रकार संघ र अखिल नेपाल किसान संघलगायतका केही जनवगिय संगठनका भने सम्मेलन सम्पन्न भई नयाँ नेतृत्व पनि चयन भइसकेका छन्।

माओवादीले कमाठमाडौंमा असोज ९(११ अखिल नेपाल शिक्षक संगठन, मंशिर १२(१५ तामाङ राष्ट्रिय मुक्ति मोर्चा, योंग कम्युनिष्ट लिग १५(१८ मंशिर, दलित राष्ट्रिय मुक्ति मोर्चाको २५(२८ मा सम्मेलन काठमाडौंमा गर्ने तय भइसकेको थियो। त्यस्तै, मंशिर ८(१० तमु राष्ट्रिय मुक्ति मोर्चा ९पोखरा०, मंशिर १६(१८ अखिल नेपाल जनसांस्कृतिक महासंघ ९नेपालगञ्ज० र अखिल नेपाल महिला संघ ९चितवन०मा राष्ट्रिय सम्मेलन गर्ने तय भइसकेको भएपनि स्थगित पछि सवै सम्मलेन प्रभावित हुन पुगेका छन्।

माउ पार्टीले राष्ट्रिय सम्मेलन रोक्ने निर्णय गरेपछि कतिपय जनवर्गिय संगठनमा सम्मेलन स्थगित नै गरेर जाने कि निर्णय सच्चाउन लगाएर सम्मेलन सम्पन्न गर्ने भन्नेमा अझै पनि निष्कर्ष पुग्न सकेका छैनन्। ुधेरै संगठनले तिव्र रुपमा तयारी गरेको अवस्थामा केही संगठनमा बिबाद देखिएका कारण सवैको सम्मेलन रोक्नु हुदैनथ्योु वाइसीएलका संयोजक गणेशमान पुन नागरिकसँग भने, ुहामी पनि पार्टीको निर्णय अनुसार स्थगित गरेर जाने कि सम्पन्न नै गर्ने भन्ने छलफलमा छौं तर धेरै साथीहरु सम्मेलन गर्नु नै पर्छ भन्ने धारणा देखिएको छ।ु यद्धपी कुनै निर्णयमा भने पुगि नसकेको र छलफलको क्रममा रहेको उनले जानकारी दिए।

अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भेला स्थगित गरेर जान पार्टीले निर्देशन दिएको भए पनि भेलाको सम्पुर्ण तयारी पुरा भएको अवस्थामा सुचारु गर्ने निष्कर्षका साथ भोलीवाट सुरु हुने जानकारी दिए। ुस्थगित गर्ने पार्टीको निर्णय भएपनि हामीले तयारी अन्तिममा पुगेकाले भेला नरोक्ने जानकारी पार्टीलाई गरायौं र पार्टीले अनुमति दियो।ु उनका अनुसार आगामी चैतमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलन गर्ने योजना छ।