काठमाडौं, १० असोज सरकार विरुद्ध सडकमा जाने बताएका विपक्षीदलहरु आन्दोलनको रणनीतिमा लागेका छन् । हिजो मंगलबार दिनभर आन्तरिक छलफल गरेको उनीहरु आज आन्तरिक दुईपक्षिय छलफलमा जुट्ने भएका छन् ।
आन्तरिक छलफलसँगै नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच दिउँसो सयुक्त छलफल पनि हुनेछ । एमाले कार्यालय बल्खुमा हुने छलफलमा भोलि घोषणा गर्ने आन्दोलनका कार्यक्रम र राजनीतिक निकासका एजेण्डामा छलफल हुने काङग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद वडुले जानकारी दिए ।
प्रमुख दलहरुको बैठक भने अनिश्चत रहेको छ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस रहेपनि आन्दोलनको नेतृत्व भने एमाले अध्यक्ष झलनाथ खनालले गर्नेछन् ।



