गुगलको १४ औँ वाषिर्कोत्सव

इन्टरनेट दुनियाको बादशाह समेत भनिने सबैभन्दा ठूलो सर्च इन्जिन गुगल १४ वर्षको पुगिसकेको छ । आफ्नो १४ औँ वाषिर्कोत्सवका बेला गुगलले बिहिबार आफ्नो होमपेजमा मैनबत्तीले सजिएको एक केक डुडल प्रस्तुत गरेको थियो । यो १४ वर्षमा गुगल प्रतिष्ठित कम्पनीमात्र बनेको छैन इन्टरनेट प्रयोगकर्ताका लागि अनिवार्य ज्ञान भण्डारको रुपमा समेत परिचित बनेको छ । इन्टरनेटमार्फत केही जानकारी लिन चाहनेका लागि गुगल पहिलो रोजाई बन्छ अनी इन्टरनेटमा केही खोज्नका लागि गुगलमा गएर सर्च गर्नु सबैभन्दा सजिलो तथा भरपर्दो तरिका बनिरहेको छ । आखिर यो महान इन्टरनेट सर्च इन्जिनको इतिहास कस्तो छ त ? यसबारेका केही तथ्य यसप्रकार छन् :