फेसबुक प्रयोगकर्ताको संख्या १ अर्ब


 

सोसियल नेटवर्किङ साइट फेसबुक प्रयोगकर्ताको संख्या १ अर्ब नाँघेको छ । बिहीबार अमेरिकी टेलिभिजनमा फेसुबकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको प्रयोगकर्ताको संख्या १ अर्ब नाँघेको बताएका हुन् ।

जुकरबर्गका अनुसार ती प्रयोगकर्ताले २ सय १९ अर्ब तस्वीर फेसबुकमा पोस्ट गरेका छन् । जुकरबर्गले आफ्नो फेसबुक स्टाटस अपेडटगर्दै प्रयोगकर्ताहरुलाई धन्यवाद समेत दिएका छन् । उनले १ अर्ब मानिसलाई आपसमा जोड्ने मौका दिनु अद्भुत अनुभव भएको समेत उल्लेख गरेका छन् ।


उनका अनुसार ६० करोड मानिस मोबाईलको माध्यमबाट फेसबुकमा पुगेको उल्लेख छ । यो आंकडा पछिल्लो वर्ष ५५ करोड २० लाखमा थियो ।


फेसबुकको १ अर्ब प्रयोगकर्ता विश्वका कुनैपनि सोसियल नेटवर्किङ साइटको भन्दा बढी हो । यो विश्वकै सबैभन्दा ठूलो नेटवर्किङ साइट हो । फेसबुक विश्वकै सबैभन्दा ठूलो नेटवर्किङ कम्पनी भईकन पनि रसिया र चीनमा भने यसका स्थानीय प्रतिस्पर्धी छन्, जो फेसबुक भन्दा अगाडि भएको बताइएको छ ।


फेसबुकलाई सन् २००४ मा लन्च गरिएको थियो ।

 

एजेन्सी ।