स्पेश एक्स नामक पहिलो रकेट अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण
आश्विन २३ गते, २०६९ मा प्रकाशित
अमेरिका । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ब्यवसायिक रुपमा आबश्यक सामान आपुर्ति गर्न विकास गरिएको स्पेश एक्स नामक पहिलो रकेट अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको छ ।
डा्रगन कार्गो क्याप्सुलसहितको फाल्कन रकेटमा अन्तरीक्ष केन्द्रमा रहेका ६ जनालाई आबश्यक पर्ने ४ सय केजी खाद्यान्न, लत्ता कपडा र अन्य उपकरण छन् । रोबोट प्रणालीद्धारा संचालित सो रकेट बुधवार अन्तरिक्षको कक्षमा पुग्ने बताईएको छ ।
स्पेश एक्सका निर्माताहरुले ब्यवसायिक रकेटको सफलतापछि अब अन्तरीक्ष केन्द्रमा मानिसहरुलाई लैजान ट्याक्सीको रुपयमा प्रयोग गरिने लक्ष्य राखिएको छ । अमेरिकी अन्तरीक्ष केन्द्र नासाले अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा व्यबासायिक रुपमा सामान आपुर्तिका लागि निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्ने भएको छ ।