प्रहरी प्रधान कार्यालयद्धारा ५० जना एसपी र १३३ डिएसपीको सरुवा

काठमाडौ – प्रहरी प्रधान कार्यालयले  ५० जना एसपी र १३३ डिएसपीको सरुवा गरेको छ । समान्यतया एक वर्ष भित्र सरुवा हुनुपर्नेमा ६ महिना ढिला गरी सरुवा भएको छ ।

 

एसपीहरु शेरबहादुर वस्नेतलाई झापा, निरजबहादुर शाही मोरङ, सूर्यप्रसाद उपारध्याय धनकुटा, महेन्द्रकुमार पोखरेल उदयपुर, बिक्रम गुरुङ सिरहा, सञ्जयसिंह वस्नेत सप्तरी र पवनप्रसाद खरेल महोत्तरी सरुवा गरिएका छन् ।

 

त्यस्तै, वसन्तकुमार पन्त धनुषा, महेशबिक्रम शाह रौतहट, दिपककुमार थापा चितवन, कमलबहादुर जिटी नवलपरासी, हरिबहादुर पाल रुपन्देही, राजेन्द्र ढकाल कपिलवस्तु, देवबहादुर बोहरा तनहुँ, शैलेस थापा क्षेत्री कास्की, लोकेन्द्र बहादुर मल्ल दाङ, विश्वरञ्जन प्रधान सुर्खेत, घनश्याम अर्याल कैलाली, विनोदशर्मा घिमिरे कंचनपुर, शुशिलकुमार भण्डारी क्षेत्रीय ट्राफिक सुनसरी, विकास श्रेष्ठ क्षेत्रीय ट्राफिक पथलैयामा र विभुतीराज पाण्डे क्षेत्रीय ट्राफिक बुटवलमा सरुवा भएका छन् ।

 

RSS