तिहार पछि संविधान सभाको पुनस्थापना हुन्छ: मन्त्री रायमाझी

– शोभाखर पन्थी

 
अर्घाखाँची –       शान्ति तथा पुन निर्माण मन्त्रि टोप बहादुर रायमाझीले तिहार पछि संबिधान सभाको पुनस्थापना हुने बताएका छन्। क्रान्तिकारी पत्रकार संघ अर्घाखाँची द्धारा आज संन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्तव्य राख्दै उनले राष्टलाई निकाश दिनु सवै दलको दायित्व भएको बताउदै निकाशका लागी संविधान सभाको पुन स्थापना गरेर अगाडी बढ्ने बताए ।


उनले एकिकृत नेकपा माओवादी लाई आरोप लगाएर नेपाली काग्रेस सत्ता कब्जा गर्ने रणनितिमा लागेको बताउदै राष्टपति र प्रधानमन्त्री आफ्नै दलको बनाएर सत्ता कव्जा गर्ने मनसायले  कांग्रेस अगाडी बढीरहेको बताए । रायमाझीले कांगे्रस एमाले लगायतका दलहरुले सत्ता प्राप्तीलाई प्रमुख आधार बनाएका कारण दलहरु वीच सहमती हुन नसकेको दावी गर्दैं  दलहरु बिच सहमति नभए सम्म्ा सरकारले राजीनामा नगर्ने समेत बताएका छन् । 

 

 दलहरु बीच सहमति भए संसद पुनस्थापना वा नयाँ चुनाव जुन सुकै विकल्पमा जान पनि सरकार तयार रहेको उनले बताए ।


दलहरु विच अगाडी जाने की पछाडी हट्ने भन्ने विच विवाद रहेको भन्दै मन्त्रि रायमाझीले अहिले नेपालमा चार शक्ति रहेको र अन्त्यमा दई शक्ति विच लडाई जारी रहने दावी गरे ।


बर्तमान सरकारले जनपक्षिय र लोकपि्रय कार्यक्रम ल्याई जनता बिच स्थापित हुन्छ भन्ने डरले बिपक्षी दलहरुले सरकारलाई पुर्ण बजेट ल्याउन बाट बन्चित गराई चौतर्फी घेराबन्दी गरेको उनको गुनासो छ ।

 

एकिकृत माओबादीले शान्ती र संविधानका लागी हदै सम्म लचिलो भई जनमुक्ती सेना समायोजनमा ठुलो त्याग गर्दापनि काग्रेस र एमाले यथास्थितीबादी सोचमै अल्झेका कारण मुलुकमा संक्रमण काल लम्बिएको उनको भनाई छ।


दलहरु विच राष्टलाई निकास दिने विषयमा सहमति भए आफुहरुले जसको नेतृत्वमा सरकार बने पनि स्विकार गर्ने उनले बताए ।  कार्यक्रम कान्तीकारी पत्रकार संघका अध्यक्ष गणेश खनालको अध्यक्षततमा संपन्न भएको थियो ।