अमेरिकामा रहेका नेकपा एमालेका नेता केपी शर्मा ओली विरामी भएर अस्पतालमा भर्ना

अमेरिकामा रहेका नेकपा एमालेका नेता केपी शर्मा ओली विरामी भएर अस्पताल भर्ना हुनुभएको छ । अचानक विरामी भएका उहाँलाई मंगलबार क्वीन्समा रहेको फरेस्ट हिल अस्पतालमा भर्ना गरिएको छ ।
मेक्सिकोमा आयोजना गरिएको ल्याटिन र एसियाका राजनीतिक पार्टीहरुको सम्मेलनमा सहभागी हुन जानुभएका उहाँ न्युर्योक मै विरामी भएपछि अस्पताल भर्ना गरिएको हो ।
ओलीलाई फरेस्ट हिलमा केही दिन उपचार गरी थप उपचारका लागि उहाँले नियमित उपचार गराउने भारतको एपोलो अस्पतालमा लग्ने तयारी भएको ओली निटक स्रोतले जनाएको छ ।
ओलीलाई ज्वरो आएको र रगतमा हेमोग्लोविनको कमी देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।