मुलुकको समस्याको मूल कारण एमाओवादी-नेपाल

एमालेका वरिष्ठ नेता नेपालले मुलुकको समस्याको मूल कारण एमाओवादी भएको बताएका छन् ।

विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा मदन आश्रति स्मृति प्रतिष्ठान र प्राविधिक शिक्षालयले बुधबार गोठाटारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति  निवास शीतलनिवासमा असोज मसान्तसम्म समस्या समाधान गर्छौं भनी झुट बोलेको उनको भनाइ थियो ।

लडाकुका नाममा समेत एमाओवादीले रु १७ अर्बभन्दा बढी भ्रष्टाचार गरेको भन्दै नेपालले सत्ताको निम्ति माओवादीले सहमति र संविधान त्यागेको बताए ।   

एमाले नेता एवम् प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निर्देशक गोपालकृष्ण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डीन भरतराज पहारीलगायतका वक्ताले मदन आश्रति प्राविधिक शिक्षालयका विषयमा प्रकाश पारेका  थिए । 

 

Source:Ekantipur