तेस्रो विश्वयुद्ध जमिनबाट नभएर इन्टरनेट अर्थात् साइबर स्पेसमा हुने अमेरिकाको भनाइ

अमेरिकाले तेस्रो विश्वयुद्ध जमिनबाट नभएर इन्टरनेट अर्थात् साइबर स्पेसमा हुने जनाएको छ । यसबाट जनभन्दा पनि धन र स्रोतको क्षति यसअघिका विश्वयुद्धहरुमा भन्दा निकै ठूलो हुने उसको भनाइ छ ।

 

अमेरिकी रक्षामन्त्री लियोन पेनेटाले आक्रमणकारीले बैक तथा वित्तीय संस्थालाई निसाना बनाउन थालेकाले भविष्यमा युद्धको मैदान साइबर स्पेस हुने बताएका हुन् ।

 

आतंकवादीले पावर ग्रिड र सरकारी प्रणालीलाई नष्ट गर्ने क्षमता विकसित गरिरहेका उनको भनाइ छ । अमेरिकाको भर्जिनियामा भएको कार्यक्रममा उनले मुलुकका आगडि साइवर स्पेसको रुपमा युद्धको नयाँ चुनौती तेर्सिएको बताउँदै भविष्यको युद्ध साइबर स्पेसमा हुने दावी गरे ।

 

शंकास्पद इरानी ह्याकरले त्यहाँको वित्तीय संस्थानमा लगातार आक्रमण गरिरहेका छन् । यो भनिरहेकै बेला पनि अमेरिकामा साइबर आक्रमण भैरहेको हुनसक्ने उनले बताए । साइबर स्पेसमाथिको आक्रमण पत्ता लगाउन अमेरिकाले साइवर फोरेनसिकमा निकै ठूलो लगानी गरिरहेको छ ।

 

– RSS