काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा गठित मौजूदा मन्त्रिपरिषद्का श्रम तथा रोजगारमन्त्री कुमार बेल्वासेले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (८) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले उनले सम्हाल्दै आएको श्रम तथा रोजगार मन्त्रालयको कार्यभार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले सम्हाल्ने गरी तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज जनाएको छ ।
यसअघि शनिबार प्रधानमन्त्रीले श्रममन्त्री बेल्वासेलाई राजीनामा दिन निर्देशन दिएका थिए । मन्त्री बेल्वासले घुष माग्दै गरेको खबर सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् ।



