नेकपा-माओवादीका वैद्यद्धारा आफ्नै महासचिव रामबहादुर थापालाई नयाँ प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव

काठमाडौं  । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले सहमति हुन नसके सडकबाट सरकार परिवर्तन गर्नु र संविधान जारी गर्नुको विकल्प नभएको दावी गर्नुभएको छ । रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उहाँले कागे्रस एमालेले सडक आन्दोलन घोषणा तर्साउने उद्देश्यले मात्र गरेको बताउनुभयो ।


अब काँग्रेसहितका दलहरुको नेतृत्व नस्वीकार्ने स्पष्ट गर्दै वैद्यले आफ्नै महासचिव रामबहादुर थापालाई नयाँ प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गर्नुभयो ।

 

अध्यक्ष बैद्यले एमाओवादी सरकार छाड्दै नछाड्ने र एमाले काँग्रेसले सरकार नभई नहुने भनेर सत्तालाई केन्द्रमा राखेकोले समस्या समाधान नभएको बताउनुभयो । सत्तालाई केन्द्रबिन्दूमा राखुञ्जेलसम्म सहमति बन्नै नसक्ने उहाँको निष्कर्ष छ ।

 

– RSS