काठमाडौं । उपराष्ट्रपति परमानन्द झाले पनि राष्ट्रपति डा. रामवरण यादवबाट टीका तथा जमरा ग्रहण गरेका छन् । टीका ग्रहणको लागि उपराष्ट्रपति झा साढे १२ बजे शितल निवास पुगेका थिए ।
त्यसै गरी प्रधान सेनापति गौरवशमशेर राणा र अन्य सुरक्षा निकायका प्रमुखले पनि राष्ट्रपति डा. रामवरण यादवको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन् । उनीहरु टीका ग्रहणको लागि एकबजे शितल निवास पुगेका थिए ।
त्यस्तै राष्ट्रपति यादवले राष्ट्राध्यक्षको हैसियतले विगतका वर्षझैं यसवर्ष पनि सर्वसाधारणलाई टीका तथा जमरा लगाई दिने कार्यलाई निरन्तरता दिएका छन् ।
– RSS