बिज्ञान र प्रविधको विकाससँगै बेलायतमा एक नौलो प्रकारको शल्यक्रिया सम्पन्न भएको छ । बेलायतको न्यु क्रस अस्पतालमा एक महिलाको मुटुको शल्यक्रिया रोवोटले गरेका छन् ।
चिकित्सकहरुको टोलीले परिष्कृत क्यामराको मद्दतलिएर द विंची नाम गरेको रोवोटमार्फत् उक्त शल्यक्रिया गरेका हुन् । २२ बर्षिया नेटली जोन्स नामकी महिलाको मुटुमा सानो प्वाल परेकाले शल्यक्रियाका लागि गएका उनलाई नयाँ प्रविधि अनुसार रोवोटद्वारा शल्यक्रिया गर्ने सल्लाह बेलायती चिकित्सकोटोलीले दिएपछि रोवोटले थ्री डी क्यामराको सहायताले महिलाको शरीरको भित्री अंग हेरी शल्यक्रिया गरेका हुन् ।
मुटुमा ३ दशमलव ५ सेन्टीमीटर प्वाल रहेको नेटली जोन्सको शल्यक्रिया ९ घण्टासम्म चलेको थियो । हाल उनको स्वास्थ्य अवस्था ठीक रहेको जनाइएको छ ।
यो शल्यक्रियासँगै उनी रोवोटद्वारा शल्यक्रिया गरिएका बिश्वको प्रथम महिला बनेकी छिन् ।
Agencies