काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक निकासका लागि सकरात्मक पहल गर्न राष्ट्रपति डा. रामवरण यादवसँग आग्रह गरेका छन् ।
राष्ट्रपति र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच राष्ट्रपति कार्यालयमा भएको भेटमा प्रचण्डले निकासका लागी नयाँ ढंगले सोच्नुपर्ने बताएका थिए ।
तिहारसम्म सहमति गर्नैपर्ने भएकाले सहमतिका उपायहरु राष्ट्रपतिलाई सुनाएको समेत प्रचण्डले जानकारी दिए । राष्ट्रपतिलाई सुनाएका उपाएहरुका बारेमा भने उनले केही बताएनन् ।
– RSS