पूर्व शान्ति राज्यमन्त्री तथा एमालेका केन्द्रीय सदस्य डिल्ली महतको अवस्था चिन्ताजनक

काठमाडौं । पूर्व शान्ति राज्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य डिल्ली महत सिकिस्त विरामी भई अस्पताल भर्ना भएका छन् ।


मष्तिष्क पक्षघातबाट पीडित महतको काठमाडौंको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । आइसीयूमा राखेर उपचार गराइरहेका महतको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।


गृह जिल्ला जुम्लामा अस्वस्थ भएपछि उनलाई हिजो हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
 

 

RSS