राष्ट्रपति डा रामबरण यादवले दलहरुको सहमति विना पूर्ण बजेट नल्याउन अर्थमन्त्री वर्षामान पुनलाई सुझाव दिएका छन् ।
बजेट बारे जानकारी दिन राष्ट्रपति भवन पुगेका अर्थमन्त्रीलाई राष्ट्रपतिले सहमति विना बजेट आउँदा आफूलाई पनि अप्ठेरो पर्ने भन्दै संविधान कानून हेरेरमात्र बजेट ल्याउन भनेका थिए ।
उनले सहमतिकोलागी आफूले पनि प्रयत्न गर्ने र सरकारलाई पनि प्रयत्न गर्न आग्रह गर्दै सहमति जुटाउन आफूले भोली विहान ९ बजे तीन दलका शिर्ष नेताहरुलाई बोलाएको जानकारी दिए । उनले अहिलेनै बजेट नआउँदा केही भई नहाल्ने भएकोले सहमतिकोलागी बजेट ल्याउन समय केही समय सार्न भनेका थिए ।
भेटवार्ता पछि रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै अर्थमन्त्रीले सहमतिकोलागी राष्ट्रपतिले बजेट ल्याउने समय सार्न आग्रह गरेको भन्दै सहमतिकोलागी सरकार बजेट केही समय पछि सार्न तयार रहेको प्रतिक्रिया दिए ।
सरकारले करिब ४ सय ५० अरब वराबरको बजेट आज राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरेको थियो ।
Source:Rss



