बजेटमा सहमति गर्न प्रचण्डले बोलाएको तीन दलका शिर्ष नेताहरुको बैठक विना निष्कर्स

सरकारले आज राष्ट्रपति समक्ष पेश गर्न लागेको बजेटमा सहमति कायम गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको तीन दलका शिर्ष नेताहरुको बैठक विना निष्कर्स सकिएको छ ।
प्रचण्डको पहलमा सभामुखको कार्यकक्ष सिहदरवारमा बसेको बैठकमा प्रचण्डले निर्वाचन र सरकार सहितका विषयमा प्याकेजमै सहमति गर्ने तर अहिले मुलुककोलागी आवश्यक बजेटमा सहमति गर्न आग्रह गरेका थिए । जसलाई एमाले अध्यक्ष झलनाथ खनाल र काग्रेस सभापति सुशिल कोइरालाले अस्विकार गरि दिएका थिए ।
प्रचण्डको प्रस्तावमा काग्रेस सभापतिले कामचलाउ सरकारले कुनै पनि हालतमा बजेट ल्याउन नसक्ने र अध्यादेशबाट शासन गरेर लोकतन्त्रको खिल्ली सरकारले उडाउको भन्दै कुनै पनि हालतमा बजेट ल्याउ नदिने चेतावनी दिएका थिए । उनले प्रधानमन्त्री डा बाबुराम भट्टराई नहटेसम्म कुनै पनि विषयमा सहमति हुन नसक्ने स्पष्ट पारेका थिए ।
एमाले अध्यक्ष झलनाथ खनालले भने प्रत्येक पटक आफ्नो स्वार्थ अनुकुलको प्रस्ताव ल्याउन र त्यसलाई आफूहरुले मानिदिनु पर्ने भन्दै आक्रोस पोखेका थिए । उनले आफूहरु आन्दोलनमा गईसकेकोले अब सबै कुराको निकास आन्दोलनले नै दिने स्पष्ट पारेका थिए ।
बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक गतिरोध अन्त्यकोलागी प्याकेजमै सहमति गर्नु पर्ने भन्दै आफूले अहिले मुलुककोलागी आवश्यक बनेको बजेटमा सहमति जुटाउन आग्रह गरेको जानकारी दिए । उनले सहमति नभए पनि मुलुककोलागी बजेट ल्याउनु पर्ने भन्दै बजेट सरकारले ल्याई छाड्ने  बताए ।
काग्रेस सभापति कोइरालाले लोकतन्त्रमा अध्यादेशको शासन हुन नसक्ने भन्दै अब आन्दोलनले मुलुकलाई निकास दिने चेतावनी दिए । प्रधानमन्त्रीले पद नछाडेसम्म सहमति हुन नसक्ने स्पष्ट पारे ।
एमाले अध्यक्ष खनालले बजेटमा सहमति हुन नसक्ने भन्दै सहमतिकालागी पहिला प्रधानमन्त्रीलाई पदत्याग गर्न लगाउनु पर्ने धारणा राखे । उनले राष्ट्रपतिले सहमति विनाको बजेट स्विकार्न नहुने भन्दै आजै बाट राष्ट्रपतिले संविधान अनुसारको भूमिका खेल्न थालनु पर्ने बताए ।  



Source:Rss