मङ्सिर १५ गतेसम्म देशले निकास पाउने-गृहमन्त्री विजयकुमार गच्छदार

उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छदारले आगामी मङ्सिर १५ गतेसम्म राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति भई देशले निकास पाउने बताउनुभएको छ ।    

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री गच्छदारले राष्ट्रिय सहमतिपछि पनि सरकारको नेतृत्व वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईले नै गर्नुहुने बताउनुभयो ।    

गृहमन्त्री गच्छदारले सहमति भए पनि नभए पनि मङ्सिर १ गतेदेखि ३ गतेभित्र बजेट आउने दृढता व्यक्त गर्नुभयो ।

    राजनीतिक दलहरुले सत्ता र शक्तिका लागि सरकारमा जान हतार गरेको आरोप लगाउँदै उहाँले दलहरुबीच  सङ्घीयता, संविधानसभा निर्वाचनलगायतका विषयमा प्याकेजमा सहमति भएमात्र अन्य दलका नेतालाई सरकारको नेतृत्वको जिम्मेवारी दिन सकिने बताउनुभयो।

Source:Rss