बहुमतको आधारमा भए पनि नयाँ सरकार गठन गर्नु पर्ने-ओली

नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले राष्ट्रपतिले दिएको सहमति भित्र सहमतिको सरकार गठन गर्न नसके बहुमतको आधारमा भए पनि नयाँ सरकार गठन गर्नु पर्ने बताएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीबाट स्वाथ्य उपचार गराएर फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपतिले मुलुकमा कायम रहेको डेडलक फुकाउन बाध्यकारी कदम चालेको भन्दै त्यसको स्वागत गरे ।
राष्ट्रपतिले तोकेको समय भित्र सहमतिको सरकार गठन गर्न दलहरुले अधिकतम सदुपयोग गरेर सहमति निकाल्नु पर्ने धारणा राखे ।
उनले स्वास्थप्रति चिन्ता र जाहेर गर्नेल्ऽाई धन्यवाद र कृतज्ञता ज्ञापन समेत गरे  ।
निमोनियाबाट सिकिस्त भएपछि भारतको नयाँदिल्लीमा उपचार गराइरहेका एमाले नेता ओल्ऽी स्वास्थ लाभ गरी आइतबार स्वेदश फर्केका हुन । ओल्ऽील्ऽाई  गत कात्तिक १९ गते  एयर एम्बुलेन्सबाट  नयादिल्लीको मेदान्त अस्पतालमा लगिएको थियो ।  उनको त्यहा एक साता सम्म आइसियूमा राखेर उपचार गरिएको थियो । कात्तिक २७ मा अस्पतालबाट डिस्चार्ज भएपनि ओली  स्वास्थ अनुमगनमा  लागि १० दिन उतै बसेका थिए ।


Source:Rss