राष्ट्रिय जनमोर्चालाई राष्ट्रपतिको आह्वान सकारात्मक

राष्ट्रिय जनमोर्चा नेपालले राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपति रामवरण यादवले राजनीतिक दलहरुलाई गरेको आह्वान सकारात्मक भएको जनाएको छ।

जनमोर्चा नेपालले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपतिको औपचारिक आह्वानले राष्ट्रिय सहमतिका आधारमा सरकारको गठनका लागि राजनीतिक दलहरुलाई सहयोग तथा बल पुग्ने बताएको छ।


उसले सरकार तथा माओवादी र मधेसवादीहरुलाई राष्ट्रिय सहमतिमा आउन, राष्ट्रिय सहमतिको सरकारका लागि मार्गप्रशस्त गर्न र देशलाई राजनीतिक मुठभेडमा जान नदिनसमेत जोडदार माग गरेको छ।

‘वर्तमान कामचलाउ सरकारको विस्थापन र त्यसको ठाउँमा राष्ट्रिय सहमतिको सरकारको निर्माण र राष्ट्रिय सहमतिको सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपतिलाई संविधानसभाको नयाँ निर्वाचनका लागि संवैधानिक तथा कानुनी व्यवस्थामा संशोधनका लागि बाटो खुल्ने छ,’ अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

 

 

Source:Nagarik