मुलुक संघीयतामा नगए देशमा द्वन्द बढ्न सक्ने मधेशवादी महन्थ ठाकुरको जिकिर

काठमाडौं, मंसिर १० । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मुलुक संघीयतामा नगए देशमा द्वन्द बढ्न सक्ने बताएका छन् ।

 

तमलोपा काठमाडौं जिल्लाको प्रथम अधिवेशनको  राजधानीमा उद्घाटन गर्दै ठाकुरले संघीयताले मुलुक झन बलियो बन्ने जिकिर गरे ।

 
सैन्यवादी सोचबाट मुलुकलाई अघि बढाउन खोजे त्यसले दुर्घटना निम्त्याउने ठाकुरको दाबी थियो ।

 

– RSS