विश्वमा सबैभन्दा पहिले मानव अंग प्रत्यारोपणमा सफलता हासिल गर्ने अमेरिकी चिकित्सक जोसेफ मुरेको निधन

Nobel Prize winner Joseph Murrayविश्वमा सबैभन्दा पहिले मानव अंग प्रत्यारोपणमा सफलता हासिल गर्ने अमेरिकी चिकित्सक जोसेफ मुरेको ९३ बर्षको उमेरमा निधन भएको छ। उनैले साठी बर्ष अगाडि मानव अंग सफलतापुर्वक प्रत्यारोपण गरेको अमेरिकाको बोस्टोन अस्पतालमै मुरेको निधन भएको हो ।

 

मुरेले मानव अंग प्रत्यारोपण गरे वापत चिकित्सा शास्त्रमा नोवल पुरस्कार समेत प्राप्त गरेका थिए । सन् १९५४ डिसेम्बरमा उनले जुम्ल्याहाको मृगौला प्रत्यारोपण गरेर मानव अंग प्रत्यारोपणको ईतिहास रचेका थिए । उनले दोस्रो विश्वयुद्धमा गंभीर रुपमा जलेका सैनिकहरुको उपचार गर्ने क्रममा मानवअंगको प्रत्यारोपणको संभावना खोजी गरेका थिए । सबैभन्दा पहिले कुकुरमा मृगौला प्रत्यारोपणको अभ्यास गरेका उनले त्यसपछि २३ बर्षीय रोनाल्ड हेरिकको मृगौला उनका जुम्ल्याहा भाई रिचार्डमा प्रत्यारोपण गरेका थिए ।

 

मृगौला असफल भएका रिचार्ड अंग प्रत्यारोपणपछि आठ बर्ष बांचेका थिए । मुरे ईश्वरप्रति गहिरो आस्थावान चिकित्सक रहेको बीबीसीले जनाएको छ । मुरेको योगदानकै कारण चिकित्सा विज्ञानमा भएको प्रगतिले आज विश्वभरि मानव अंग प्रत्यारोपणबाट करोडौ मानिसले लाभ प्राप्त गरेका छन् ।

 

– Agencies