राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीले आन्दोलनको घोषणा

– कृष्ण खनाल

 

बुटवल, मंसिर१६ – राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीले बिभिन्न  ११ बुदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ  ।

 

 मन्चले  नवलपरासीमा पत्रकार सम्मेलनको आयोजना गरी समान्य अन्तकृया देखी अनिश्चितकालीन मालपोत कार्यालयमा धर्ना दिने सम्मको  आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । पत्रकार सम्मेलनमा जानकारी दिदै भुमी अधिकार आन्दोलनका अभियानकर्ता नारायण घिमिरेले  घोषीत कार्यक्रम अनुसार आगामी मंसिर १७ गते देखी मंसिर  २६ गतेसम्म, अन्तकृया, साईकल यात्रा र मालपोत कार्यालयमा अनिश्चतकालीन धर्ना लगाएतका आन्दोलनका कार्यक्रम सार्बजनिक गरिएको छ ।

 

उखडा जग्गा जोताहा किसानको नाममा दत्र्ता, चोरी दत्र्ता बदर, प्रकोप पिडितहरुको क्षतिपूर्ति, जगंल किनारको व्यवस्थापन, राजश्व तिर्न नसकि जग्गाधनी पूर्जा नपाएका सुकुम्बासीहरुलाई निशुःल्क जग्गा धनी पुर्जा र  जोतभोगको आधारमा जग्गादर्ता लगाएका आफुहरुको माग राखी आन्दोलनको घोषणा गरिएको पत्रकार सम्मेलनमा मंन्चकी केन्द्रिय सदस्य  बिजु खाणले बताउनु भयो ।

 

यसैगरी   राजनीति दलका भातृसंगठनलाई आन्दोलनमा सहकार्य गराउने, साईकल यात्राको उद्घाटन निवर्तमान सभासदबाट गराउने, साईकल यात्रामा ३०० जनाको सहभागि गराउने र १०० जना महिला, पुरुष धर्नामा निरन्तर रहने आन्दोलनका रणनीतिहरु सार्बजनिक गरेका छन् ।