
सबैभन्दा धेरै समय बांचेर विश्व रेकर्ड कायम गर्न सफल अमेरिकाको जर्जिया निवासी १ सय १६ बर्षीया महिला विसे कुपरको आज निधन भएको छ ।
पेटमा समस्या देखिएपछि अमेरिकास्थित अस्पताल भर्ना गरिएकी बिसे कुपरको उपचारको क्रममा निधन भएको हो ।
विश्वमा सबैभन्दा बढी समय बांचेर गिनिज बुक अफ वल्र्ड रेकडर्समा नाम दर्ता गराएकी उनले गत बर्ष १ सय १५ बर्षको उमेरमा आफनो जन्मदिन धुमधामका साथ मनाएकी थिईन ।
उनको गत हस्तादेखि स्वास्थ्य स्थिति बिग्रेको थियो ।
– Agencies