सिड्नी – डिसेम्बर २१ मा संसार ध्वस्त हुने हल्लाको विश्वका शक्तिशाली व्यक्तिलाई पनि परेको छ । जोक नै किन नहोस् भविष्यवाणीबारे चर्चा सुरु गरेका छन् ।
अष्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले पनि एक भिडियो सन्देशमा संसार अन्त्य हुने दिन नजिकिंदै गएको जोक गरेकी छन् ।
डिसेम्बर २१ मा संसार ध्वस्त हुने हल्ला चलिरहेकाबेला गिलार्डले एक भिडियो सन्देशमा यस्तो बताइन् । ‘प्रिय अष्ट्रेलियाली मित्रहरु, संसार अन्त्य हुने दिन नजिकिंदैछ,’ उनले सीधै भनेकी छन् ।
गिलार्डले डिसेम्बर २१ मा संसार ध्वस्त हुने भविष्यवाणी सही भएको जोक गरिन् । ‘कुन हिसावले संसार ध्वस्त हुन्छ त म भन्न सक्दिन,’ उनले भनेकी छन्, ‘तर अवश्य नास हुनेछ ।’
पहिलो अष्ट्रेलियाली महिला प्रधानमन्त्री गिलार्डले सन्देश टुंग्याएकी छन्, ‘गुड लक टू यु अल ।’
भविष्यवाणी सही होइन: नासा
डिसेम्बर २१ मा संसार ध्वस्त हुने भविष्यवाणी सही नभएको नासाले दाबी गरेको छ । उसले आफ्नो वेबसाइटमा भविष्यवाणी सत्य नभएको विज्ञप्ती प्रकाशित गरेको छ ।



