एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरको धरौटी स्वंय दाहालले तिरिदिने

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरको धरौटी स्वंय दाहालले तिरिदिने भएका छन् । २८ हजार धरौटी तिर्न नसक्दा कुँवर सोमबार जेल चलान भएका थिए । बाग्लुङका कुँवरले २४ दिन अगाडि एमाओवादीले आयोजना गरेको चियापान समारोहमा दाहाललाई झापड हानेका थिए ।
काठमाडौं प्रशासनले धरौटी तिरे तारेखमा छाड्ने आदेश गरेकोमा कुँवर परिवारले धरौटी तिर्न सकेको थिएन ।उनको बारेमा अन्तिम फैसला भने हुन बाँकी छ । 
दाहालका स्वकिय सचिव चुडामणि खड्काले आजै कुँवरको धरौटी तिरिने बताए । 
कुँवर छुट्ने प्रक्रियाका सम्बन्धमा दाहालले बिहान प्रहरी महानिरीक्षक कुवेरसिंह रानासंग टेलिफोनमा छलफल गरेका छन् ।