नेकपा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई पार्टी उपाध्यक्ष बनाउने भएको छ । साथै अशोक राईको समूह अलग भएपछि खाली बनेका पदहरुमा मनोनित हुन पाइने भएपछि एमालेका एक दर्जन नेताहरु उत्साही देखिएका छन् ।
एमाले परित्याग गरेका उपाध्यक्ष अशोक राईको स्थानमा नेम्बाङलाई ल्याउने तयारी भइरहे पनि सोमबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकले नेम्बाङलाई तत्काल केन्द्रीय सदस्यमात्रै बनाउने र प्रक्रिया मिलाएर उपाध्यक्षको जिम्मेबारी दिने एक नेताले बताए ।