नेकपा एमालेद्वारा सबिधानसभा, संसद र स्थानीय निकायको चुनाब एउटै मितिमा गर्नुपर्ने प्रस्ताब

नेकपा एमालेले सबिधानसभा, संसद र स्थानीय निकायको चुनाब एउटै मितिमा गर्नुपर्ने प्रस्ताब गरेको छ ।
केन्दिय कमिटी बैठकमा अध्यक्ष झलनाथ खनालले पेस गरेको राजनीतिक प्रस्ताबमा बैशाखभित्रै चुनाब गर्नुपर्ने र चुनाब गर्दा सबिधानसभा, ब्यबस्थापिका र स्थानीय निकासको चुनाब एकै दिन गर्नुपर्ने प्रस्ताब गरिएको छ ।
प्रतिबेदनमा चुनाबको बिकल्प नभएको भन्दै चुनाबका लागि पार्टी निकायलाई तयार गर्नुपर्ने उल्लेख छ । अब एमालेलेलाई पहिलो पार्टी बनाउने भन्दै अध्यक्ष खनालले चुनाबका लागि एमालेको नीति, एमालेकै नेतृत्व भन्ने नारा अघि सार्नु भएको छ ।
अध्यक्ष खनालको प्रतिबेदनमा अहिले सबैधानिक अंगहरुको रिक्तता, सरकारको सर्बसत्ताबाद, बिदेशी हस्तक्षेप र भ्रष्टाचारले देशमा संकट गहिरिएको निश्कर्ष निकालिएको छ । यसबाट देशलाई मुक्त गर्न राष्ट्रपतिको आब्हान अनुसार सहमतिको सरकार गठन गर्नुपर्ने र त्यसो हुन नसके आन्दोलन गर्नुपर्ने भन्दै त्यसका लागि कार्यकर्तालाई तयारी अबस्थामा राख्नुपर्ने उल्लेख छ ।
सोमवारदेखि शुरु भएको एमालेको केन्द्रिय कमिटी बैठक पुस ८ गते सम्मका लागि स्थगित भएको छ । राष्ट्रिय सहमती निर्माणको लागि पार्टीले नेतृत्व दायी भुमिका खेल्ने निर्णय गर्दै एमालेले जारी केन्द्रिय कमिटीको बैठक स्थगित गरेको हो ।
बैठकमा वुधवार राजनीतिक प्रस्ताबमाथि केहि केन्द्रिय सदस्यहरुले बोलेपछि अध्यक्ष खनालले देशको राजनीति गंभीर अबस्थामा पुगेको र त्यसलाई सही बाटोमा ल्याउन एमालेले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताउनुभयो ।
सहमति निर्माणका लागि अरु दलहरुसंग निरन्तर छलफल गर्नुपर्ने भएकोले बैठक स्थगित गर्नु भएको केन्दिय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो । खाली रहेको केन्द्रिय कमिटीमा मनोनयन गर्नेलगायतका ऐजेण्डामा ८ गतेदेखि फेरी बस्ने बैठकमा छलफल हुने गैरेले जानकारी दिनुभयो ।