डिसेम्बर २१ गते विश्‍व ध्वस्त हुँदैछ भन्ने हल्ला फिजाउने सयभन्दा बढी मानिसलाई प्रहरीले गिरफ्तार

बेइजिङ – आउँदो डिसेम्बर २१ गते शुक्रबार विश्‍व ध्वस्त हुँदैछ भन्ने हल्ला फिजाउने सयभन्दा बढी मानिसलाई प्रहरीले गिरफ्तार गरेको छ। समातिनेमा क्रिश्‍चियन धर्म प्रचारकहरुसमेत रहेको यहाँका मिडियाले जनाएका छन्।

 

प्रहरीले विश्‍व ध्वस्त हुँदैछ भन्ने पर्चा, भिडियो डिस्क, किताव र अन्य प्रसार सामाग्रीहरुसमेत जफत गरेको छ। चीनका ८ प्रान्तबाट १ सय १ जनालाई गिरफ्तार गरिएको छ। गिरफ्तार हुनेमा सम्पन्न पूर्वी चीनदेखि विकासमा पछाडि रहेको पश्‍चिमी चीनकासमेत रहेको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ।

माया सभ्यताको ग्रन्थअनुसार सन् २०१२ मा विश्‍व ध्वस्त हुँदैछ भन्ने कथामा आधारित भएर हलिउडमा २०१२ नामक फिल्मसमेत बनेको थियो।


आर्थिक उदारिकरणपछि चीनको समाज क्रमश कम्युनिज्मबाट टाढिँदै गइरहेको यो घटनाले थप पुष्टि गरेको छ।

 

– एपी