विश्वमा औसत आयु बढेपनि धूमपान र मध्यपान सेवनका कारण विरामी र मृत्यु हुनेको संख्या ह्वात्तै बढेयो

विश्वमा मानिसको औसत आयु बढेपनि धूमपान र मध्यपान सेवनका कारण विरामी हुने र यसैका कारण मृत्यु हुनेको संख्यापनि ह्वात्तै बढेको एक प्रतिवेदनले जनाएको छ ।

 

लैन्सेट जर्नलले गरेको अध्ययन अनुसार विश्वमा प्रत्येक चार जनामा एक जनाको मृत्यु मुटु रोगका कारण हुने गरेको छ । पाँच वर्षसम्म गरेको अध्ययनपछि जारी प्रतिवेदनका अनुसार सन् २०१० मा मात्र मुटु रोगकै कारण एक करोड ३० लाख व्यक्तिको मृत्यु भएको थियो ।

 

सोही वर्ष १० लाख ५० हजार मानिसले एचआईभी एड्सका कारण ज्यान गुमाएका थिए । केही वर्षयता मधुमेह, क्यान्सर जस्ता रोगका विरामी ह्वात्तै बढेको छ भने झाडापखाला र क्षयरोगीको संख्यामा भने कमी आएको छ । २० वर्ष यता झाडापखालाबाट हुने मृत्युमा ६० प्रतिशतले कमी आएको दावी प्रतिवेदनको छ ।

 

एन्टीवायोटीक औषधिले पनि प्रभावकारी काम गर्न छाडेको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनलाई केही विश्लेषकले भने कमजोर बताएका छन् ।

 

– Agencies