चीनमा इन्टरनेट प्रयोग गर्ने जो कोहीले पनि आफनो ब्यक्तिगत बिवरण सेवा प्रदायक कम्पनीसमक्ष पेश गर्नुपर्ने नयाँ नियम लागु गरिएको छ ।
अबदेखि इन्टरनेट प्रयोगकर्ताको कुनै पनि सामग्रीमाथि आशंका भएमा सम्बन्धित ब्यक्तिसँग सोधपुछ गर्न सकिने पनि चीन सरकारले स्पष्ट पारेको छ । चीनमा हालै गुपचुप ढंगबाट गरिएको सामूहिक विरोध प्रदर्शनमा इन्टरनेटलाई माध्यम बनाएको खुलासा भएपछि सरकारले नयाँ नियम लगाएको हो ।
प्रदर्शनका समयमा चीनका कम्युनिष्ट पार्टीका भ्रष्ट अधिकारीहरुको गोप्य विवरण इन्टरनेटमा राखिएको थियो । चीनमा लाखौंको संख्यामा इन्टरनेट प्रयोगकर्ता छन् भने सरकारको यो निर्णयप्रति उनीहरुले आपत्ति जनाएका छन् ।
– Agencies