एजआईभी एड्सबाट संक्रमित एक अमेरिकी बालिकालाई उक्त संक्रमणबाट मुक्त गर्न अमेरिकी बैज्ञानिकहरु सफल

एजआईभी एड्सबाट संक्रमित एक अमेरिकी बालिकालाई उक्त संक्रमणबाट मुक्त गर्न अमेरिकी बैज्ञानिकहरु सफल भएका छन् । जन्मेको एक महिनामा नै एचआईभी संक्रमित भएकी बालिकालाई केही महिनासम्म औषधि खुवाइएपनि पछिल्लो एक बर्षसम्म कुनै औषधि नदिई उपचार गरिएको थियो । 

अमेरिकाको मिसिसिपी राज्यका अनुसन्धानकर्ताका अनुसार बालिकालाई केही समय अझै निगरानीमा राखिने छ । अढाई वर्षीया बालिकाको सफल उपचारबाट अनुसन्धानकर्ताहरु भरखरै जन्मिएका बालबालिकालाई एचआईभीबाट जोगाउन सकिनेमा विश्वस्त देखिएका छन् । 
यसअघि सन् २००७ मा एचआईभी संक्रमित टीमथी ब्राउनमाथि गरिएको उपचार पनि सफल भएको थियो ।
– Agencies