क्यानको मासु र रेड मीट खाने ब्यक्ति क्यान्सरको शिकार बन्ने गरेको तथ्य सार्वजनिक

रेड मीट र क्यानको मासु खाने गर्नेको आयु ताजा मासु खानेको तुलनामा घट्ने गरेको एक अध्ययनले देखाएको छ । साथै अत्याधिक मात्रामा क्यानको मासु र रेड मीट खाने ब्यक्ति क्यान्सरको शिकार बन्ने गरेको तथ्य सार्वजनिक भएको छ । 
युरोपका डेढ लाख जनतामा हालै गरेको अध्ययन अनुसार अध्यधिक मात्रामा रेड मीट र क्यानको मासु खानेको ह्दय रोग, क्यान्सर र आयु घट्ने तथ्य खुलेको हो । 
रेड मीटमा बोसोको मात्रा बढी हुने र क्यानमा सुरक्षित गरिने मासु बिग्रन नदिन प्रयोग गरिने नुन र रसायनका कारण क्यानसरको सम्भावना बढी रहेको शोधमा उल्लेख गरिएको छ । 
सन् २००७ देखि सन् २०११ सम्म गरिएको अध्ययन अनुसार ताजा मासु खाने ब्यक्तिको तुलनामा क्यानको मासु र रेड मीट खानेको आयु घट्ने गर्नुका साथै ह्दय रोग, क्यान्सर हुने गरेको पाइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसीले जनाएको छ ।
– एजेन्सी