दक्षिण एसियामानै पहिलो पटक नेपालमा ब्रोडब्याण्ड सहित टेरिस्टेरियल डिजिटल टेलिभिजन

काठमाडौं  । माई टिभीले दक्षिण एसियामानै पहिलो पटक नेपालमा ब्रोडब्याण्ड सहित टेरिस्टेरियल डिजिटल टेलिभिजन ल्याउने भएको छ । मेगा ब्रोडकाष्ट प्रा.लि.ले माइ टिभि ब्राण्डमा आगामी पाँच महिना भित्र यस्तो सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । सोमबार पत्रकार सम्मेलन गरी कम्पनीले एमभीडीडीएस ( multichannel video data distribution system ) प्रविधि मार्फत सेवा सुरु गर्न लागेको जानकारी गराएको हो । यो टेलिभिजन प्रशारण प्रविधि र इन्टरनेट सेवा सहज, सरल र कम खर्चिलो प्रविधि भएको कम्पनीले जनाएको छ । माई टिभीले एचडी र जिबि प्रतिसेकेण्ड डाउनलोड स्पीड का साथ इनटरनेट सेवा र एक सय भन्दा बढि टिभी च्यानल प्रशारण सुचालु गर्ने तयारी गरेको हो । 
नेपाल भौगोलिक विविधता भएको देश भएकाले यो सेवा प्रभावकारी हुने कम्पनीका प्रबन्ध निर्देशक महेन्द्र कुमार पौडेलले विश्वास व्यक्त गर्नुभयो  । कम्पनीले ९५ करोड लगानी गरी यो सेवा शुरु गर्न लागेको जनाएको छ । हाल चलिरहको अन्य प्रविधि भन्दा सस्तो दरमा सेवा पुर्याउने कम्पनीको दाबी छ ।
RSS