नेपाली काँग्रेसका सभापति सुशील कोइराला र गृहमन्त्री माधवप्रसाद घिमिरेबीच बिहान भेटवार्ता भएको छ ।
कोइराला निवास महाराजगञ्जमा झण्डै एक घन्टा भएको भेटमा संविधानसभा चुनावको तयारीका विषयमा छलफल भएको कोइरालाको नीजि सचिवालयले जनाएको छ ।
गृहमन्त्री घिमिरेले दलका नेताहरुसँग चुनावको तयारीबारे छलफल थाल्नु भएको हो ।