संवैधानिक परिषदले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त सहित ४ जना आयुक्तको नाम अनुमोदनका लागि पठाएको छ ।
बिहीबार बसेको संवैधानिक परिषदको बैठकले निलकण्ठ उप्रेतीलाई प्रमुख निर्वाचन आयुक्त तथा दोलखबहादुर गुरुङ, अयोधिप्रसाद यादव, इला शर्मा र रामभक्त पीभी ठाकुरलाई आयुक्तमा नियुक्त गर्न राष्ट्रपति समक्ष अनुमोदन प्रस्ताव पठाउने निर्णय गरेको हो ।
राष्ट्रपतिले मन्त्रीपरिषलको सिफारिस अनुमोदनसँगै निर्वाचन आयोगले पूर्णता पाउनेछ ।
निर्वाचन आयोगले पूर्णता पाएपछि संविधानसभा चुनावको मिति तोक्ने तयारी अन्तरिम मन्त्रीपरिषद्को छ ।