नेपाल टेलिकद्धारा मुलुकभर वाइम्याक्स सेवा उपलब्ध

टेलिकमद्वारा सर्वसाधारणलाई पनि वाइम्याक्स सेवा सुरु

काठमाडौं । नेपाल टेलिकले सर्वसाधारणलाई पनि वाइम्याक्स सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले मुलुकभर दु्रतगतिको ब्रोडब्याण्ड इन्टरनेट वाइम्याक्स (WiMAX) सेवा बुधबार देखि सर्वसाधारण ग्राहकहरुलाई पनि वितरण गर्ने भएको हो ।

टेलिकमले आइतबार विज्ञप्ती जारी यही बुधबार देखी WiMAX प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवा सर्वसाधारण उपभोक्तालाई वितरण गर्ने तयारी गरेको जनाएको हो ।


कम्पनीले एयरम्याक्स टेक्नोलोजी प्रा.लि. र युनिटेक नेटवर्क प्रा.लि.को सहकार्यमा सर्वसाधारण उपभोक्तासमक्ष वाईम्याक्स सेवा आपूर्ति गर्न लागेको छ । कम्पनीको वाईम्याक्स सेवा हाल कर्णाली अञ्चलवाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ ।


बाँकी स्थानमा आगामी २ महिनाभित्र सेवा सञ्चालनमा ल्याउने योजनाअनुरुप हाल उपकरण जडानको कार्य भइरहेको पनि टेलिकमले उल्लेख गरेको छ । कम्पनीले गत कार्तिक २७ गते देखि पहिलो चरणमा संघसंस्थालाई यो सेवा उपलब्ध गराउँदै आएको थियो ।

 

RSS