सवारी दर्ताको भिडभाड हुने बाग्मती अञ्चलको मोटरसाइकल फाटमा बिहिबारदेखि यो व्यवस्था सुरु गरेको विभागले जनाएको छ । ललितपुरको ताल्छीखेलमा रहेको कार्यालयमा दैनिक सरदर ३ सय नयाँ मोटरसाइकल दर्ता हुने गरेको विभागका महानिर्देशक सरदचन्द्र पौडेलले बताए । ‘कर्मचारीले ढिलासुस्ती गर्यो, घुस माग्यो, दलालले दुःख दियो भन्ने सर्वसाधरणको गुनासो सुनेर नयाँ वयवस्था गरेको हो,’उनले भने,’यसले सवारी अभिलेख दुरुस्त पार्नुकासाथै फाइल र ढड्डा खोज्नु पर्ने समस्याबाट पनि मुक्ति मिल्नेछ ।’ परिक्षणका लागि बाग्मतीको मोटरसाइकल दर्ताबाट सुरु गरेपनि असार मसान्तसम्म देशभरी लागू हुने उनले बताए ।
मोटरसाइकल फाँटका प्रमुख वसन्त अधिकारीकाअनुसार अहिलेसम्म ५ लाख ६५ हजार मोटसाइकल दर्ता छन् । तीन वटा घर भाडामा लिएर बसेको कार्यालयका ४४ मध्ये मोटसाइकलको फाइलले मात्रै २८ कोठा भरिएको उनले बताए । बर्षमा ५० हजार नयाँ फाइल बन्ने गरेको कार्यालयले जनाएको छ । उनका अनुसार फाइल मिलाउनमात्रै १० जना कर्मचारी छन ।
मोटरसाइकलको विवरण अनलाइनमै सुरक्षित हुने भएपछि फाइल खोज्नु पर्ने र दैनिक ३ सय फाइल बनाउनु पर्ने झन्झट पनि हुनेछैन । नयाँ मोटरसाइकल दर्ता गर्नु परे यातायात व्यवस्था विभागको अनलाइन लगअन गरेर फारम भरेको १५ दिनभित्र सम्बन्धि कार्यालयमा पुग्नु पर्ने हुन्छ । फारम भर्दा अनलाइनबाट प्राप्त रसिदमा उल्लेख गरेको कागजत्र पुरा गरेपछि तत्काल काम हुने अधिकारीले बताए । ‘पेश गर्नु पर्ने सम्पूर्ण कागजपत्र र मोटरसाइकल पेश गरेको एक घण्टा भित्र दर्ता प्रक्रिया सकाउछौ,’ उनले भने । सेवाग्राहीले कार्यालयमा पेश गर्न तयार गरेको फोटोकपीको फाइलमा यातायात कार्यालयको छाप लगाएर फिर्ता गर्ने महानिर्देशक पौडेलले बताए । प्रमाणित कागजपत्र भएपछि अन्यत्र पेश गर्न पनि सजिलो हुने छ ।
दर्ता प्रक्रियामा डाटा इन्ट्री र स्क्यान गरेर फोटोका रुपमा कम्प्यूटरमा सवारीको फाइलमा रहने छ । नयाँ सवारी दर्ता सिधै कम्पनिले गर्ने भएकोले फारम भर्नु पर्ने झन्झट सर्वसाधरणलाई हुदैन । तर, नामसारी र लगत कट्टा गर्न चाहने सेवाग्राहीले अनलाइनबाटै फारम भर्नु पर्ने भएकोले कम्प्यूटर सम्बन्धि ज्ञान नभएकालाई समस्या पर्न सक्छ । त्यसका लागि कार्यालयमा कम्प्यूटर हेल्प डेक्स खडा गर्ने तयारीमा रहेको अधिकारीले बताए । पुरानो फाइलको डाटा इन्ट्रीको काम पनि भइरहेको उनले बताए । सरकारले मोटरसाइकल दर्ताबाटै मात्रै बाषिर्क करिब १ अबर राजश्व उठाउछ । तर, कार्यालयलाई व्यवस्थित गर्न भने सकेको छैन ।
फारम कसरी भर्ने ?



