बिश्वमा टेष्ट ट्युब बेबीको प्रविधी आई.बी.एफ ल्याएर बिज्ञानको क्षेत्रमा हलचल मच्चाउनु भएका टेष्ट ट्युब बेबीका प्रणेता प्रोफेसर रोबर्ट एडवर्डस् को ८७ बर्षको उमेरमा निधन भएको छ । लामो समयसम्म बिरामी रहनुभएको एडबर्डस बिगत दुई बर्षदेखि थला पर्नुभएको थियो ।
एडवर्डस् को प्रयासमा सन् १९७८ मा बेलायतको ओल्डहोम जनरल हस्पिटलमा पहिलो टेष्ट ट्युब बेबीका नाममा लुईस ब्राउनले जन्म लिएपछी निसन्तान दम्पतीलाई केही हदसम्म राहत मिलेको थियो । जसका कारण बिश्वमा हाल ५० लाख भन्दा बढी टेष्ट ट्युब मार्फत बालबालीकाको जन्म भइसकेको छ । बेलायतको क्याम्ब्रिज बिश्वबिद्यालयका प्रोफेसर एडवर्डसले सन् १९६८ मा कैम्ब्रिज बिश्वबिद्यालयको प्रयोगशालामा पहिलो पल्ट मानव भ्रुणको बिकास गरी टेष्ट ट्युब बेबीको शुरुवात गर्नुभएको थियो । उहाँको निधनप्रती बिश्वभरका टेष्ट ट्युब बेबीहरुले खेद ब्यक्त गरेका छन् ।
टेष्ट ट्युब मार्फत जन्म लिएका पहिलो ब्यक्ति लुईस ब्राउनले उहाँको निधनप्रती खेद प्रकट गर्दै उहाँका कारण लाखौं जनताले संसार देख्न पाएको भन्दै एडवर्डस् को निधनले आफूलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिएका छन् ।
Agencies