मोबाइल संचार र मनोरन्जन को साधन या सामाजिक बिकृतिको साधन?

कुनै पनि कुरा,बस्तु अथवा मानिस नै किन न होस त्यसले नाप भन्दा बढी को सिमा नाघ्यो भने यसको प्रतिकुल असर फलस्वरुप परिणाम सामाजिक,प्राकृतिक र स्वयम मानिस लाई नै परेको हुन्छ | त्यस्तै प्रतिकुल असर को कुरा आजभोलि तपाईं हाम्रो आँखाको अगाडि असर पारी रहेको चिज हो “मोबाइल” हो म त्यही मोबाइलको कुरा गर्दै छु | 
जो तपाईं हामीहरुले खास गरी टाढा-टाढा छरिएर बस्नु भएका आफन्त,मित्रजनहरु सँग कुरा गर्न सजिलो होस भनी प्रयोग गर्दै आएका छौ | आजको समयमा मोबाइल ले संसार भरी राज गर्न पुगिसकेको छ अब मानिसहरु यो मोबाइल बिना आफुलाई एक्लो भएको महसुस गर्न थालेको छ | न गरोस पनि कसरी? मानब जातिलाई चाहिने ९०%(प्रतिशत)सुबिधा ब्रांडेट मोबाइल हरुमा छ | सुबिधा के कती छ भन्ने कुरा यहाँ बताइरहनु पर्ने आबश्यक नभएको मलाई लागेको छ | किनकी यसको वारेमा धेरैजसो मानिसहरुलाई भरिपूर्ण ज्ञान छ र यसको उपयोग गर्दै आएका पनि छन | जस्तै टु-जी,थ्री-जि भिडियो कल इ-मेल, इन्टरनेट,म्युजिक आदी इत्यादी | 
आज भन्दा दुई ढाइ दशक पहिले संचार को माध्याम भनेको टेलीग्राम,आवा गर्ने गर्दथे त्यो पनि हाम्रो देश नेपालको कुनै-कुनै ठाउँमा सिमित थियो त्यसको केही बर्ष पछी टेलीफोन शहर देखी गाउँ सम्म कताकती देखिन्थ्यो अहिले यही पाँच बर्ष भित्र कती छिटो प्रत्यक मानिसहरु बच्चा देखी बुढाबुढी हरुको हात-हात मा देखिन्छ | मानौ यो कुनै चमत्कार जस्तो नै  लाग्छ के यो सबैका लागि जरुरत होला? सुबिधा धेरै भएको हो तर पनि मानिसहरु यि सुबिधाले खुशी छैन तपाईं हामी एक पटक गम्भिर भएर सोचौ हामीहरुलाई यि सबैचिज को आबश्यकता किन पर्न थाल्यो? जब सुबिधा मिल्छ भने मानिसहरु फुर्सद मा हुनु पर्ने तर पनि मानिस यहाँ अती ब्यस्तता भईरहेको देखिन्छ | 
विश्व को कुरा त म गर्न सक्दैन तर हाम्रो देश नेपाल मा यतिबेला मोबाइल ले ८५%(प्रतिशत)नेपालीहरु मोबाइल को शिकार भईसकेका छन|अन्जान ब्यक्तिको मोबाइल मा सिरियल नम्बर मिलाएर कुरा गर्नु अश्लील भिडियो,फोटोहरु राख्नु कसैलाई फोन बाट अश्लील गालीगलैच गर्नु अश्लील शब्दहरु लेखी  मेसेज गर्नु पटक-पटक् मिसकल गरेर हैरान पार्नु आदी इत्यादी छोटकरी मा भन्नु पर्दा मोबाईल ले यती बिकृति ल्यायो अरु भन्नु पर्ने कुनै शब्द नै रहेन | नेपाल मा कतीपय अन्जान ब्यक्तीहरु सँग बिहे गर्ने महिला पुरुषहरुले दोश्रो बिहे गर्ने विद्यार्थीहरुले पढाई भन्दा मोबाइल मा रुची राख्ने यस्ता-यस्ता घटनाहरु सामान्य हुन थाले मान्छे हरुलाई पागल बनाइ सक्यो,जोगी बनाइ सक्यो अब मान्छे मानबीरुपमा मात्र देखिएको छ बाँकी व्यबहार को त कुरै नगरौ आफ्नो रिलेशनशिप पनि टुत्दै गैइरहेको छ एक अर्को सँग कुनै मत्लब नभएको जस्तो भईरहेको छ |
मैले मोबाइल लाई सिधै आरोप लागेको होइन किन कि मोबाइल न भई दिएको भए मान्छे के गर्थ्यो होला?यो सबै तपाईं हामी जस्तै मान्छेहरुले बिगारेको रित हो हामीहरुले त अहिले यहाँ सम्म झेलेका छौ यसको १० बर्ष पछी कस्तो अवस्था होला? हामीले यो मोबाइल किन र के का लागि प्रयोग गर्ने कुरा आफुले नै तय गरी मोबाइलमा हुनु पर्ने राम्रो नराम्रो पक्क्ष का काम हरु छुट्टाइ के गर्दा मोबाइल ले समाज अनी आफु लाई राम्रो फाईदा हुन्छ यसरी मोबाइलको सही सदुपयोग गर्यौ भने मोबाइल साँच्चै नै राम्रो संचारको माध्यम हुने थियो |
यसमा नेपाल सरकार ले पनि मोबाइल कस्तो ब्यक्ती को लागि योग्य हुन्छ अथवा उमेरको आधार मा दिदा कस्तो हुन्छ भन्ने वारेमा सर्वेक्षण गरी जरुरतमन्द ब्यक्तिहरुलाई मात्र उपलब्ध गराइ दिए राम्रो हुने छ |
के सोच्नु भयो त तपाईंले? मोबाइल संचार र मनोरन्जन को साधन हो या समाज मा बिकृति ल्याउने साधन?