
भिटामीन सी को सेवनले क्षयरोग निको हुने हालैको अनुसन्धानले देखाएको छ । अमेरिकाको येशिवा युनिभर्सिटीका शोधकर्ताहरुले हालै प्रकाशित गरेको प्रतिवेदनमा भिटामीन सी को सेवनले क्षयरोग निको हुने उल्लेख गरिएको छ ।
भिटामीन सी ले शरीरमा क्षयरोगसंग लड्न सक्ने रैडिकल्स नामक तत्व उत्पादन गर्ने हुनाले एन्टिबायोटिकले निको नहुने क्षयरोग भिटामीन सी को सेवनले निको हुने दाबी शोधकर्ताहरुको छ ।
बिश्वका विभिन्न देशमा गरिएको अनुसन्धानले भिटामीन सी को सेवन उपयोगी भएको देखाएको हो ।
भिटामीन सी भएका फलफूलहरु बजारमा सजिलै उपलब्ध हुने भएकाले बिश्वभरका क्षयरोगीहरुले भिटामीन सी भएका खानेकुरा खाएमा यो रोग निर्मुल हुने पनि प्रतिवेदनमा जनाइएको छ ।
Agencies