पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी भ्रमणमा

सिमरा  । तराई भ्रमणमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाह आज सप्तरी पुगेका छन् । शाह बाराबाट आफैं गाडी चलाएर सप्तरी पुगेका हुन । सप्तरी पुगेसंगै पथौना र रुपनीका स्थानिय सर्वसाधारणले शाहको भव्य स्वागत गरेका थिए । देशको नेतृत्व शाहले लिनुपर्ने भन्दै राजा आएर देश बचाउन सर्वसाधारणले आग्रह गरेका थिए ।


आजै दिउंसो ३ बजे शाहले सप्तरीको कंकालिनी र हनुमान मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ । उता, पूर्व राजाको भ्रमणको बिरोध गर्दै सप्तरीका बिद्यार्थी संगठनहरुले गजेन्द्रचोकमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसंग झडपमा उत्रिएका पांच जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व राजा शाह आज गजेन्दैचोकस्थित स्टार होटलमा बस्ने कार्यक्रम छ ।


 ज्ञानेन्द्र शाहले भोलि सिराहाको लहानस्थित दुर्गा र लक्ष्मी मन्दिरको दर्शन गर्नेछन् । ३० गते सर्लाहीको मलङ्गवामा राम मन्दिर र दुर्गा मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम तय गरेका ज्ञानेन्द्रले असार २ गते रौतहटको गौरमा गौशो शिवालयमा पूजा गर्नेछन् ।


असार ३ गते मकवानपुरको हेटौडास्थित भुटनदेवी मन्दिरमा पूजा गरी पूर्व राजा ५ गते जनकपुरकोे जानकी मन्दिरमा, ६ गते जलेश्वरको जलेश्वर मन्दिरमा तथा ७ गते बीरगञ्जमा हनुमान मन्दिरको पूजा गर्ने कार्यक्रम छ ।


रासस