लण्डन-सुगरबाट हैरान हुनुहुन्छ? यसलाई नियन्त्रण गर्ने वैज्ञानिकहरुको खोजले नयाँ कुरा पत्ता लाएको छ। भर्खरै गरिएको एउटा अनुसन्धान अनुसार ‘टाइप वान’ सुगर शरीरको प्रतिरोधात्मक क्षमताले नै निको पार्न सम्भव हुने देखिएको छ। सुगरले रगतमा भएको सुगरको मात्रा नियन्त्रित गर्नको लागि चाहिने हर्मन इन्सुलिन बनाउने कोशिका नस्ट गरिदिन्छ।
साइन्स ट्रान्सनेशनल मेडिसिन जर्नलमा प्रकाशित ताजा शोधले बिरामीको प्रतिरोध क्षमतालाई नियन्त्रणमा राखी यस प्रकारको भ्याक्सिन विकास गर्न सकिने जनाएको हो। ८० विरामीमाथि गरिएको अनुसन्धानले सुगर नियन्त्रणको क्षेत्रमा भएको महत्वपूर्ण उपलव्धिको रुपमा लिइएको छ।
स्ट्यानफोर्ड विश्वविद्यालयको मेडिकल सेन्टरमा यसको परिक्षण गरिएको थियो। सुगरको प्रारम्भिक अवस्थामा पेन्क्रियाज कोशिका नष्ट हुन्छन्। यस कारण विरामीको शरिरले प्रयाप्त मात्रामा इंसुलिन हर्मोन बनाउन सक्दैन। फलस्वरुप सुगर रोगीले जीवित रहनको लागि जीवनभर इन्सुलिन इन्जेक्सन नियमित लिनु पर्ने हुन्छ।
यो शोधमा सहभागी बिरामीको रगत परीक्षणपछि भ्याक्सिन लिने बिरामीको शरीरका कोशिकाले इन्सुलिनको इन्जेक्सन लिने बिरामीको तुलनामा धेरै गुणा काम गरेको पत्ता लागेको थियो। भ्याक्सीन लिने विरामीको पछिको प्रतिरोध क्षमता पहिलाको जस्तै रहेको थियो।
यो सोध अहिले सुरुवाती दौडमा नै छ। यसको दुरगामी परिणाम बारे थाहा पाउनको लागि अन्य विरामीमा पनि यसको परिक्षण गर्न जरुरी हुन्छ।
Agencies / Nagarik