बेइजिङ, असार २५ । चीनमा उत्तरी क्षेत्रका बासिन्दालाई सित्तैमा कोइला बाँड्ने नितिले त्यहाँका मानिसको आयु साढे पांच वर्ष घटाएको एक अध्ययनले जनाएको छ । चीन ,अमेरिका र इजरायलका अनुसन्धानकर्ताहरुले गरेको संयुक्त अध्ययनले उत्तरी क्षेत्रमा बसोबास गर्ने ५० करोड मानिस कोइला बाल्दा हुने वायु प्रदुषणको शिकार हुने गरेको निश्कर्ष निकालेको छ ।
उनीहरुले सन् १९८१ देखि सन् २००० सम्म उत्तर र दक्षिणका ९० शहरको प्रदुषण र मुत्य दरको अध्ययन गरेका थिए । सन् १९८० बाट लागु भएको सरकारी सहुलियताको कोइलाका कारण त्यहाँका मानिसमा मुटु र फोक्सोको उच्च समस्या हुने गरेको पाइएको छ । यसबाट मानिसको आयु घट्ने गरेको अध्ययनले आंैल्याएको छ । यो रिपोर्टको निश्कर्षले प्रदुषण नियन्त्रणका लागि चिनियाँ अधिकारीहरुलाई दबाब दिने आशा गरिएको छ ।
Agencies