काठमाडौं । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७०/०७१ को बजेट पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ । हालै सम्पन्न मन्त्रिपरिषद् बैठकले विनियोजन बिधयेक, आर्थिक बिधयेक, राष्ट्र ऋण उठाउने बिधयेक र ऋण तथा जमानत बिधयेक अध्यादेश पारित गरेको हो । साँझ पौने सात बजे राष्ट्रिय योजना आयोग (डा. हर्क गुरुङ हल) मा अर्थामन्त्री शंकरप्रसाद कोइरालाले आगामी आर्थिक वर्षको वाषिर्क आय व्यय विवरण (बजेट) प्रस्तुत गर्नु हुनेछ ।
निकासी र औद्योगिक क्षेत्रलाई बढावा दिने सीमित नयाँ कार्यक्रमसहित ५ खर्ब १० अर्बको बजेट आउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । राजनीतिक दलले नयाँ कार्यक्रम नराख्न दबाब दिएपछि सरकारले बजेटमा खासै नयाँ कार्यक्रम राखेको छैन ।
बजेटमा निकासीमुलक उद्योगलाई प्राथमिकता दिन भन्दै अनुदान बढाइएको छ । करिब ३ खर्ब ६० अर्व राजस्व उठाउने लक्ष्य लिइएको बजेटमा मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि सुरक्षासमेत गरी करिब १८ अर्ब विनियोजन गरिएको बताइएको छ । बजेट पारित गर्न अहिले विहान ११ बजेपछि मन्त्रिपरिषद बैठक बस्दैछ ।
RSS