कांग्रेस सुशील कोइराला र अभिनेता राजेश हमालले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराए

काठमाडौ  – निर्वाचन आयोगले दिएको अन्तिम म्याद सकिने एक दिनअघि कांग्रेस सभापति सुशील कोइरालाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । आइतबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पुगेर कोइरालालले नाम दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन असारको मसान्तसम्म अवधी तोकेको छ । आयोगले दिएको म्याद गुज्रने भएपछि अमेरिका भ्रमण छोट्याएर कोइराला शनिबार स्वदेश फर्किएका थिए । कोइरालाको निर्वाचन क्षेत्र बाँके क्षेत्र नम्बर- ३ हो ।
आइतबार नै अभिनेता राजेश हमालले पनि मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
RSS