कान्तिपुर
काठमाडौ – पूर्व राज्यमन्त्री एंव सभासद सञ्जय साहले मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)को साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् । उनी फोरम(लोकतान्त्रिक) गठन भएदेखि पार्टीको संस्थापक केन्द्रीय सदस्य थिए ।
उनले पार्टी र पार्टी अध्यक्ष विजय गच्छदारको गतिविधी मधेस बिरोधी भएको आरोप लगाउँदै पार्टी छाडेका हुन् । सोमबार पार्टी अध्यक्ष गच्छदारलाई उनले राजीनामा पठएका छन् । केही अगाडि पनि पार्टीबाट असन्तुष्ट रहेर उनले मधेस क्रान्ति फोरम नामक संस्था खोलेर पार्टीबाट टाडिएका थिए । पछिल्लो समय पुनः पार्टीमा फर्केका साहको सहयकार्य गच्छदारसँग फेरि पनि धेरै दिन हुन सकेन ।