चिकित्सा क्षेत्रको प्रयोगशालामा अनुसन्धानका लागि प्रयोग गरिंदै आएको चिम्पाञ्जीको प्रयोगमा रोक लगाइने भएको छ ।
अमेरिकाको चिकित्सा क्षेत्रका लागि काम गर्ने नेशनल इन्स्टीच्युट अफ हेल्थले अनुसन्धानका लागि प्रयोग गर्दै आएको ३ सय चिम्पाञ्जीलाई सम्मानकासाथ अवकाश दिने निर्णय गरेको छ ।
इन्स्टीच्युटका प्रमुख डा. फ्रांसिस कांलिसका अनुसार शोधका लागि हाललाई ५० वटा मात्रै चिम्पाञ्जी प्रयोग गरिने र बिस्तारै प्रयोगमा पूरै रोक लगाइने छ । जैविक चिकित्सा क्षेत्रमा कार्यरत बैज्ञानिकले भने यसप्रति आपत्ति जनाएका छन् । चिम्पाञ्जीको प्रयोगमा रोक लगाइँदा नयाँ नयाँ शोधमा प्रभाव पर्ने भन्दै आपत्ति जनाइएको हो ।
हेपाटाइटिसको सुईका लागि चिम्पाञ्जीमा प्रयोग गरिंदै आएकोमा यो निर्णयले ठूलो असर पर्ने बैज्ञानिकहरुको ठहर छ । यसअघि अमेरिकाले सन् २००० मा चिम्पाञ्जीको प्रयोगमा रोक लगाउने उद्देश्यले नै चिम्प एक्ट पास गरेको थियो ।
Agencies