बरिष्ठ साहित्यकार श्रवण मुकारुङ नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं  । बरिष्ठ साहित्यकार श्रवण मुकारुङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल लेखक संघको आयोजनामा आज बिहान कोइराला निवासमा भएको कार्यक्रममा चर्चित रचनाकार तथा गायक मुकारुङलाई नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीको सदस्यता दिंदै माला र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्  । 
पार्टी प्रवेश कार्यक्रलाई संवोधन गर्दै सभापति कोइरालाले निर्वाचनको मुखमा भएको मुकारुंको पार्टी प्रवेश कार्यक्रमले कांग्रेसलाई ठुलो वल मिलेको बताए । उनले मुकारुंङका रचनाहरुबाट आफु प्रभावित भएको भन्दै उनको प्रसंसा समेत गरे । उनले नेपाली जनता तथा अन्तर्राष्ट्रिय समुदाय निर्वाचनको पक्षमा रहेकाले मंसीर ४ को निर्वाचन जसरी पनि गर्नुपर्ने अवस्था रहेको प्रष्टाए । 
उनले कांग्रेस प्रवेश गर्नेहरुको पार्टीले उचित सम्मान गर्ने बताए । सहित्यकार मुकारुंले कांग्रेसमा रहेर पनि स्वतन्त्रतापुर्वक कलम चलाउन सकिने भन्दै वीपीको स्वतन्त्र लेखनबाट आफु प्रभावित भएको बताए । 
RSS